हेटौंडामा बागमती प्रदेशको स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा
हेटौंडा । बागमती प्रदेशको बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठि आजबाट हेटौंडामा सुरु भएको छ ।
गोष्ठीको उद्घाटन् गर्दै प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालय मातहतका कार्यालयमा सामान खरिद गर्दा कोटेसनमा होइनकी टेण्डर गरेर मात्र खरिद गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शुशासन र पारदर्शीतामा ध्यान दिएर काम गर्नका लागि उनले कमचारीहरुलाई आग्रह गरे । मन्त्रालय मातहतका निर्देशनालय र जिल्ला स्तरका कार्यालयका प्रमुख वा प्रतिनिधिहरु सहभागि गोष्ठीमा मन्त्री थापाले मन्त्रालयको निर्देशनको अवज्ञा गरेमा कार्बाही हुने समेत चेतावनी दिए ।
तीनै तह एक भएर मात्र नागरिकलाई स्वास्थ्य सेवा दिन सकिने बताउँदै मन्त्री थापाले भने–‘स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन्छ । सङ्घीय ससर्त बजेट निकासा ढिलो भएर प्रभावकारी हुन सकेको छैन । कि कार्यक्रम नराखौ कि समयम नै बजेट निकासा गरौं । मन्त्रालयगत कार्यालयहरुलाई मार्गनिर्देशन अनुसार काम गर्न निर्देशन
शुशाश्न युक्त र भ्रष्टाचार मुक्त काम गर्नु अहिलेको आवस्यक्ता हो ।’

जिल्लागत कार्यालयमा काम गर्न समस्या भए, स्थानीय तहका जनप्रतिनिधि सङ्ग समन्वय गर्ने बताउँदै उनले भने–‘स्थानीय भेटीने, प्रदेश भेटीने र सङ्घीय लेखिने सरकार हो । चितवन र नुवाकोट इन्डोर सेवा सुरु अब मकवानपुरमा नि हुन्छ । आयुर्वेद औसधि उत्पादन केन्द्रले १० वटा प्रकारका उत्पादन हुँदै गरेको अब २१ वटा हुन्छन् ।’
अहिलेको अवस्थामा प्रदेश सरकारले स्वास्थ्य उपचार मात्र नभएर ३५८ जनालाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पढाउँदै आएको समेत उनले बताए । अहिलेको सरकारको उद्देश्य आमनागरिकले स्वास्थ्य सेवा महसुस हुनेगरी पाउनुपर्छ, त्यसको लागि सरकारले काम गर्दै गरेको जानकारी दिए ।
बागमती प्रदेशको स्वाथ्य मन्त्रालयका सचिब डाक्टर सुमित्रा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सर्बेस शर्मा, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवाली, जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक डाक्टर नारायण कार्की
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर नरेन्द्र कुमार झा, स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक डाक्टर अर्जुन सापकोटा, जनस्वास्थ्य कार्यालय काठमाडौका प्रमुख वसन्त अधिकारी, स्वास्थ्य तालिम केन्द्रका प्रमुख दिपक तिवारी, प्रस्तुतिकरण स्वास्थ्य निर्देशनालयका दिनेश रुपाखेती, सन्जु राय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौका प्रमुख डाक्टर रबिन भुषाल लगायतकाको आतिथ्यता रहेको थियो ।







