मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जनपत्र
१ मंसिर २०८२, आईतवार १०:१५

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–१, बुङदलस्थित भित्री सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

बा प्र ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल बुङदल खोलाको पुलमाथिबाट करिब ५० फिट तल खसेपछि घटनास्थलमै दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक ३९ वर्षीय बिर बहादुर गुरुङ, स्थायी घर हेटौडा उपमहानगरपालिका–२ चौकीटोल रहेको र पछाडि सवार ३५ वर्षीय चन्द्र बहादुर गुरुङ, स्थायी घर पूर्वी नवलपरासी, कावासोति नगरपालिका–१३, हाल हेटौडा–२ चौकीटोलमा डेरागरी बस्दै आएको प्रहरीले जनाएको छ । दुवैजनाको सनाखत मृतकहरुको श्रीमतीले गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*