हेटौंडामा बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु
हेटौंडा / मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट रुपन्देहि देबदह नगरपालिका–८ बस्ने ३७ वर्षिय राम ब हादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पैदलयात्री ठक्करपछि गम्भीर घाइते भएका थिए । जानकारी प्राप्त हुनासाथ प्रहरी निरिक्षक किशोर आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल पु¥याएको थियो । तर, अस्पतालमा पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा संलग्न बसका चालक महोत्तरी, रामगोपालपुर–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र चालक दुवैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ । बसमा रहेका यात्रुलाई भने अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको थियो।






