मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

जनपत्र
२३ कार्तिक २०८२, शनिबार १७:२९

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयले आफ्नो बिद्यालय स्थापनाको ५० वर्ष पुगेको स्वर्ण महोत्सवका अवसरमा एक हप्ता सम्म बिबिध कार्यक्रम गरेर मनाउने भएको छ ।

एक हप्ता सम्म जिल्ला स्तरिय, गाउँपालिका स्तरीय, बिद्यालय स्तरका बिभिन्न कार्यक्रमको आयोजना गरिएको बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले बताए । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर एक साता सम्म गरिने कार्यक्रमको विषयमा जानकारी गराइएको हो ।

बिद्यालयको स्वण महोत्सवका अवसरमा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता, जिल्ला स्तरीय शिक्षक चेस प्रतियोगिता, मकवानपुरगढी गाउँ पालिका स्तरीय खुल्ला चेस प्रतियोगिता, भू पु बिद्यार्थी मित्र मिलन कार्यक्रम, बिज्ञान प्रदर्शनी बिद्यालय, रक्त दान, निशुल्क स्वास्थ परिक्षण सिबिर, बिद्यालय वृत चित्र प्रदर्सन , सांस्कृतिक कार्यक्रम, शिलालेख लेखन, सम्झना पर्खाल प्रदर्सन र प्रदर्सनी, स्वर्ण जयन्ति गान वा बिध्लय गान निर्माण, अक्षयकोष छात्रवृत्ति वितरण बिद्यालय स्मृति चिन्ह वा स्वर्ण जयन्ति शिला पट्टको अनावरण, अभिभाबक लोकदोहोरि प्रतियोगिता, शिक्षक हाजिरी जबाफ प्रतियोगिता प्रतियोगिता लगायतका कार्यक्रम गरिने विद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्कीले बताए ।

बिद्यालयको स्वर्ण महोत्सवलाई एउटा उत्सवका रुपमा कार्यक्रम गरिने उनले बताए । शारदा माध्यमिक द्यिालयले देउसी भैलो खेल्ने दुइ दिन सम्मको कार्यक्रम गरेर १३ लाख रुपैयाँ भन्दा धेरै रकम संकलन गरिएको र त्यस रकमबाट केही रकम स्वर्ण महोत्सवका लागि खर्च गरिएपनि अरु बिद्यार्थीको छात्रबृद्धी कोषका लागि रकम खर्च गरिने मकवानपुरगढी वडा नम्बर–५ का वडा अध्यक्ष दिपेश दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*