हेटौंडामा सवारी दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान घाईते

हेटौंडा । हेटौंडा १ चाइना क्वाटरमा आज बिहान ट्याङकरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । नवलपुरबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङकरले चाईना क्वाटरबाट वजार तर्फ निस्कदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।
मोटरसाईकलमा श्रीमान र श्रीमती सवार थिए । ट्याङकरको ठक्करबाट हेटौंडा १ चाइनाक्वाटरकी ३५ वर्षिय सिता न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भटराईले वताउनुभयो । ठक्करबाट उहाँका श्रीमान ४५ वर्षिय शसी न्यौपाने घाईते हुनु भएको छ ।