एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनले पठाए भिडियो सन्देश

जनपत्र
१६ आश्विन २०७६, बिहीबार ०६:२९

केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । यही सन्दर्भमा बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका छन् ।

अमिताभले भने, ‘मलाई तपाईँको बारेमा उत्तराखण्डको नैनीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेको मित्र उज्ज्वल थापाले बताउनुभयो । तपाईँप्रति जे भयो, त्यो निकै दर्दनाक छ । यो कुरा सुनेर म निकै दुःखी भएँ ।’ अमिताभले मुस्कानलाई निकै बहादुर हुनुहुन्छ भन्दै हौसला र साहस बढाउने काम गरे । ‘जे घटना तपाईँमाथि घट्यो, त्यो अरु कसैसँग नघटोस् । तपाईँ नाम जस्तै सधैँ हाँसिरहनुस् र तपाईँको मुहारमा खुशी नै सुहाउँछ’, उनले भने ।

Gepostet von Ujjwal Thapa am Mittwoch, 2. Oktober 2019

साथै अमिताभले मुस्कानमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा पनि जोड दिएका छन् । उनले मुस्कानको स्वास्थ्य लाभको कामना पनि गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*