हेटौंडामा सुमोको ठक्करबाट घाइते मोक्तानको उपचारका क्रममा मृत्यु
हेटौंडा । हेटौंडामा टाटासुमोको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
पुर्व पश्चिम सडक खण्डमा काठमाण्डौँबाट बिरगन्ज तर्फ जादै गरेको ना १ ज ६९६४ नंबरको सुमोले पैदल यात्री बारा जितपुर सिमरा उपमहानगरपालिका –२१ बस्ने ६० वर्षिय जय बहादुर मोक्तानलाई ठक्कर दिदा घाईते, भई उपचारको लागी काठमाण्डौंमा लगिएकोमा मृत्यु भएको हो ।
ठक्कर दिने सुमो र चालकलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।







