हेटौंडामा बागमती प्रदेश स्तरिय लोक भजन प्रतियोगिता गरिदै
हेटौंडा । हेटौंडामा बागमती प्रदेश स्तरिय लोक भजन प्रतियोगिता गरिदै छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजनामा प्रदेश स्तरिय कार्यक्रम गर्न लागिएको हो । यही बैशाख २६ गते हेटौंडामा गरिने प्रतियोगितामा प्रदेशका बिभीन्न जिल्ला र मकवानपुरका स्थानीय तहबाट सहभागिता रहने छ ।
आज हेटौंडामा आयोजित पत्रकार सम्मेलन मार्फत संस्थाका केन्द्रीय सदस्य नारायण रेग्मी र जिल्ला अध्यक्ष रुकमिडी ढुंगानाले यस कार्यक्रमका लागि प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले सहयोग गर्ने बताए । प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार, द्धितिय हुनेले नगद २० हजार, तृतिय हुनेले नगद १० हजार र सान्त्वना दुइ वटा टिमलाइ ५ हजारका दरले दिइने भएको छ ।







