जनताको जिवनमा परिवर्तन ल्याउन जरुरी छ– पूर्व राष्ट्रपति भण्डारी

जनपत्र
२० बैशाख २०८२, शनिबार १६:४४

हेटौंडा । पूर्ब राष्ट्रपति विद्यादेवि भण्डारीले जनताको जिवन स्तरमा सामाजिक परिवर्तन ल्याउन जरुरी रहेको बताएकी छिन् । मदन भण्डारी फाउण्डेसन मकवानपुरको चौथो साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उनले मुलुकमा राजनीतिक प्रणाली परिर्वतन भएपनि जनताको जिवनस्तरमा कुनैपनि परिवर्तन भएको बताइन ।

मदन भण्डारीको मार्गदर्शन अनुसार काम भइरहेको बताउँदै उनले उहाँको मार्गदर्शनबाटनै सबैतिर काम भएको बताइन । कार्यक्रममा नेकपा एमालेका नेता केदार न्यौपाने, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*