मकवानपुरमा रुखमा च्यापिएर एक जनाको मृत्यु

जनपत्र
१६ बैशाख २०८२, मंगलवार १७:४७

मकवानपुर/ मकवानपुरको बागमती गाउँपालिका- ३ देउजोरमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखमा च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*