स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भिर घाइते

जनपत्र
१३ बैशाख २०८२, शनिबार १०:१७

हेटौंडा । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल स्कुटर दुर्घटनामा गम्भिर घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडी भित्री सडक खण्डमा स्कुटर दुर्घटनामा गम्भिर घाइते भएका हुन् । कमलडाँडा घर तर्फबाट पार्टी कार्यालय तर्फ आउने क्रममा प्र ३–०३–००१ प ५८०७ नंबरको स्कुटर एक्कासी ब्रेकफेल भइ अनियन्त्रित भइ दुर्घटना हुदाँ स्कुटर चालक हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ कमलडाँडा बस्ने ६२ वर्षिय श्रीधर पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । उनको टाउको, निधार तथा दाँया हातमा चोट लागेको अवस्थामा देखेर स्थानीयले उद्दार गरि उपचारको लागि हेटौडा अस्पताल पुर्याएका थिए । अहिले उनको अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*