हेटौंडा–काठमाण्डौं जोड्ने कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

हेटौंडा/ हेटौंडा–काठमाण्डौं जोड्ने कान्ति राजमार्ग विस्तार क्रममा दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना प्रकाशित गरी कान्ति राजमार्गमा सवारी आवागमन बन्द हुनेबारे जानकारी गराएको हो ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडक चौडा बनाउन काम भइरहेको छ । त्यसका लागि १८ वैशाखदेखि २ जेठसम्म १५ दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
यो सडक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द हुने भएको हो । प्रशासनले उक्त अवधिमा काठमाडौं–हेटौंडा सडकमा यात्रा गर्नेले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आह्वान गरेको छ ।