मकवानपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ लच्का स्थित पुर्व पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको हो ।
मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प १११४ नंबरको मोटरसाइकलले हाल नामथर वतन नखुलेको करिब ६१ वर्षिय महिलाले बाटो क्रस गर्ने क्रममा ठक्कर दिई मृत्यु भएको हो ।
मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।