हेटौंडाबाट ७५ सय क्यापसुल लागूऔषध ट्रामाडोल, पिकअप गाडी सहित २ जना पक्राउ

हेटौंडा । हेटौंडाबाट ७५ सय क्यापसुल लागूऔषध ट्रामाडोल, योद्धा र पिकअप गाडी सहित २ जना पक्राउ परेका छन् । हेटौडा उप महानगरपालिका वडा नंबर– १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा ठुलो परिणामको लागूऔषध सहित दुइ जनालाई पक्राउ गरिएको हो ।
बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडा बजारतर्फ आउदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नंबरको योद्धा पिकअप गाडी र चालक बारा पचरौता नगरपालिका वडा नंबर– ७ बेनौली बस्ने २५ वर्षिय तिर्थलाल पासवान र सह(चालक सोही ठाउँका २३ वर्षिय सुनिल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । गाडीको अगाडीको ईन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याईएको अवस्थामा लागू औषध प्रहरीले फेला पारेको हो ।