शिक्षक आन्दोलनले मकवानपुरमा भर्ना अभियान प्रभावित, निजी विद्यालयमा पढाइ सुरु

जनपत्र
८ बैशाख २०८२, सोमबार ०७:३०

हेटौंडा । शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले मकवानपुर जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।

मकवानपुरका दश वटै स्थानीय तहका शिक्षकहरु काठमाण्डौं केन्द्रीत आन्दोलनमा रहँदा यहाँको भर्ना अभियान भने प्रभावित भएको हो । यता मकवानपुरका निजी बिद्यालयमा भने आइतबारबाट पढाइ सुरु भएको छ । सरकारी विद्यालयमा अध्ययन गर्ने बिद्यार्थी घमै बस्नुपरेको छ भने निजी बिद्यालयका बिद्यार्थीहरु स्कुल जान थालेको अभिभावकहरुले बताएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

शिक्षकको आन्दोलनमा उठेका जायज मागहरु पुरा गरेर सरकारी बिद्यालय खोल्ने वातावरण तयार गर्नका लागि मकवानपुरगढीका अभिभावक श्याम तिमल्सीनाले आग्रह गरेका छन् । शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि मकवानपुर जिल्लाका सामुदायिक विद्यालय बन्द छन् । यहाँका स्थानीय तहले विद्यार्थी भर्ना अभियान सुरु गर्ने भने पनि शिक्षकको आन्दोलनका कारण विद्यालय खुल्न सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*