मकवानपुरमा टिप्पर दुर्घटना हुँदा चार जना घाइते

हेटौंडा । मकवानपुरमा टिप्पर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–११, सिमात खोलाको ओरालोमा आज ब्रेक फेल भई ट्रिपर दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
कान्तिलोकपथ सडक अन्तरगत हेटौँडाबाट काठमाडौंतर्फ जाँँदै गरेको बा ३ क ३१७७ नम्बरको सिमेन्ट लोड भएको ट्रिपर ओरालोमा ब्रेक नलागेर सडकको बीच भागमा कोल्टे परेको थियो । ट्रिपर कोल्टे हुँदा सिमेन्टका बोरा खसेर लाग्दा काठमाडौबाट हेटौँडातर्फ आउँदै गरेको बा ९१ प ४२७९ नम्बरको मोटरसाइकल चालक र सहित अरु तीन जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।