मकवानपुरको बतासेमा दुर्घटना, १० जना घाइते

जनपत्र
१९ चैत्र २०८१, बुधबार १८:०४

हेटौंडा । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका(२ बतासेस्थित भीमफेदी(कुलेखानी(सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो ।
दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा १ जना घाइतेको अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए ।
उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरूको पहिचान हुन बाँकी रहेको उनले जनाए । जिप चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*