द्वन्दमा चार छोरा गुमाएकी पीडितको घरमा मेयर महत, घर बनाउने प्रतिबद्धता

जनपत्र
१४ आश्विन २०७६, मंगलवार १८:३२

हेटौंडा । नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्नो चार भाइ छोरा गुमाउन पुगेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ की ७० बर्षीया सुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गरिदिने भएको छ ।

हेटौंडा एफएमबाट सुभद्रा दर्नालका बिषयमा खबर प्रसारित भएपछि मंगलबार दर्नालको निवासमा नै पुगेर हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सुभद्रा दर्नालका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

आफ्नी १८ बर्षीयाा नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्वासी बस्तीमा बस्दै आउनु भएकी सुभद्रलाई मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको ब्यवस्था मिलाइने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले दशैंका लागि आवश्यक सबै खर्च पनि आफूले उपलब्ध गराइ दिने प्रतिबद्धता जनाउनु भएको छ ।
यीनै आमाहरु जस्ता छोराहरुकै बलिदानीमा आफूहरु स्थानीय सरकारको प्रमुख भएका कारण शहिद परिवारका बलिदानीको आफूहरुले उपेक्ष ागर्न नसक्ने मेयर महतले बताउनुभयो ।उहाँले आमा सुभद्राको बस्ने,खाने सहित औषधी उपचारको समेत ब्यवस्था आफूले गरिदिने र नातिनीका लागि जिविकोपार्जनका लागि पनि सहयोग गर्ने बताउनुभएको छ ।

आफ्नो घरमा आजसम्म कोही नेता नआएको र मेयर आएर आफ्ना पीडा सुनिदिएको भन्दै सुभद्रा दर्नालले खुसी ब्यक्त गर्नुभएको छ । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाइले पत्रकारहरुले केही गर्दैनन् भन्नेहरुका लागि सुभद्राको खबर प्रकाशित भइ सहयोग पाउनु सबैभन्दा ठूलो जवाफ भएको बताउनुभयो ।

कार्यक्रममा सोही बस्तीकी स्वागत टोल बिकास संस्थाकी सदस्य बिन्दा लामाले मेयर महतको प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । स्मरणीय रहोस्,सुभद्रा दर्नालका जेठो छोरा काजी र माइलो भक्त २०४६ सालको आन्दोलनमा बेपत्ता भएका थिए भने काइलो अमृत र कान्छो रंजित माओवादी जनयुद्धमा बेपत्ता भएका हुन् भने साइलो छोरा बिरामी भएर निधन भएको हो ।

उहाँको पत्रि नेत्र दर्नालको पनि करिब दशक अगाडि मृत्यु भइसकेको छ । हेटौंडा एफएमको प्रश्तुती कार्यक्रम हेटौंडा संवादमा मंगलबार बिहान सुभद्रा र उनकी नातिनीको कथा प्रसारण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*