सरकारले गरेका राम्रा कामको उजागर गर्नुस–मुख्यमन्त्री पौडेल

जनपत्र
१४ आश्विन २०७६, मंगलवार १८:२०

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले गरेका राम्रा कामको उजागर गर्नका लागि आग्रह गर्नु भएको छ । आज मकवानपुरका पत्रकारहरुलाई दशैको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो–‘नेगेटिभ कुराले मान्छेलाई आकर्सित गर्ने होइनकी पोजेटिभ म्यासेज दिनुपर्छ ।’

देशको समृद्धी सबैका लागि भएकाले यसमा कलम चलाउन आग्रह गर्नुभयो । मिडियाले आम जनतालाई उत्साहित गर्ने काम गर्नका लागि मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । पत्रकारिता राष्ट्रको चौथो अंग भएको र मिडियाको भुमिका महत्वपुर्ण रहेको बताउँदै, सबै पत्रकारलाई २०७६ सालको विजयादशमी तथा दीपावलीले सकरात्मक सोचको विकास गर्न सहयोग पुगोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले नजिकिँदै गरेको चाडपर्वहरु विकृति रहित मनाउन आग्रह गर्नुभएको छ । कार्यक्रममा प्रदेश ३ का मुख्य सचिव तोयम राय, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ठ, महासचिव कृष्णसारु मगर, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई लगायत मकवानपुरका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*