बागमती प्रदेशमा घरेलु उद्योग तथा बाणिज्य कार्यलयको नाम सिफारिस
हेटौंडा । बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिले आजको बैठकमा उद्योग तथा बाणिज्य कार्यलयूको नाम परिवर्तन गर्दै प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार घरेलु उद्योग तथा बाणिज्य कार्यलयू राख्न सिफारिस गरेको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिका सदस्य माननीय भारती पाठकका अनुसार उद्यमीहरूलाई उत्पादन र बजारीकरणमा सहजता दिन, साना र मझौला उद्योगलाई वृहत्तर बनाउँदै रोजगार सृजनामा योगदान पुर्याउनका लागि घरेलु उद्योग तथा बाणिज्य कार्यलयुको नाम सिफारिस गरिएको हो।
उहाँले थप्नुभयो, मन्त्रालयहरूको विभाजनपछि उद्योग व्यवसायीलाई विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ, त्यसैले प्रदेशभित्रको शक्ति र स्रोतहरूको उचित परिचालन गर्दै समृद्ध बागमती प्रदेश निर्माणमा सहजीकरण गर्नका लागि यो कदम चालेको हो। साथै, उद्योग दर्ता र बन्द प्रक्रियामा सरलता ल्याउन कानूनी दृषटिकोनबाट पनि सुधार आवश्यक छ। समितिले यस कदमलाई बागमती प्रदेशको औद्योगिक विकास र रोजगार सृजनामा महत्त्वपूर्ण मानेको छ।








