हेटौंडामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

जनपत्र
१५ चैत्र २०८१, शनिबार १४:४३

हेटौंडा । हेटौंडामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बरण् १९ ज्यामिरे हेल्थपोष्ट नजिक भित्रि सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्ट तर्फ जाँदै गरेको बा प्र २–०३–००१ त ४३७१ नंबरको बालुवा लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई चालकको मृत्यु भएको हो ।

लोड बोकेको ट्याक्टरको अगाडीको ईन्जिनको भाग उठी अचानक दुर्घटना हुन जाँदा उक्त ट्याक्टरले च्यापिएर ट्याक्टर चालक पर्सा जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ हरपुर बस्ने १९ वर्षिय सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*