हेटौंडाको मानवसेवा आश्रममा महायज्ञको धेरै तयारी पुरा, दश करोड रुपैयाँ संकलन गर्ने लक्ष
हेटौंडा । हेटौंडाको मानव सेवा आश्रमको मुख्य कार्यालय संचालनका लागि सहयोग पुगोश भन्ने उदेस्यले यही चैत १७ गते देखि २४ गते सम्म श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । महायज्ञको सबैजसो तयारी पुरा भएको छ । आश्रमले आज पत्रकार सम्मेलन गर्दै महायज्ञको तयारीका विषयमा जानकारी गराएको हो । महायज्ञबाट करिब दश करोड रुपैयाँ संकलन गर्ने लक्ष राखिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
आश्रम सञ्चालनका लागि मासिक रुपमा ३० लाख रुपैयाँ खर्च लाग्ने भएपनि यसका लागि खर्च अभाव भएकाले अक्षयकोष स्थापना गरेर खर्च जोहो गर्न लागिएको अधिकारीले बताए । महायज्ञका लागि बद्रीनाथ शर्माको संयोजकत्वमा मुलसमारोह समिति गठन गरिएको छ । त्यसको प्रचार प्रसार उपसमितिमा भने प्रताप विष्ट छन् । महायज्ञका विषयमा विस्तृत जानकारी यसप्रकार रहेको छ ।









