बागमती प्रदेशका सबै नागरिकमाझ स्वास्थ्यमा पहुँच पुर्याउँछौं– स्वास्थ्य मन्त्री थापा
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका सबै नागरिकमाझ स्वास्थ्यमा पहुँच पुर्याउने बताएका छन् । मन्त्रालयले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले भने–‘प्रादेशीक अस्पतालहरुमा बिरामीको चाप पनि निकै रहेको र सबैमा स्वास्थ्यमा पहुँच पुर्याउनका लागि आफुहरु लागिपरेका छौं ।’ प्रदेशका सबैजसो अस्पतालमा सिटीस्क्यान सेवा दिनेगरी काम गरिएको मन्त्री थापाले बताए ।
प्रदेशमा पूर्णखोप सुनिश्चित गर्न लागिएको उनले बताए । मन्त्रालय र मातहतका कार्यालयमा पेपरलेसको काम गर्न लागिएको उनले जनाकारी दिए ।
कार्यक्रममा मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदिप ज्ञवालीले अस्पताल र प्रतिष्ठानका बिचमा कुनैपनि विवाद नभएको बताए ।
प्रतिष्ठान प्रदेशको गौरवको आयोजना रहेको उनको भनाइ छ । अस्पतालको नयाँ भवन बनेपछी थप २ सय बेढ थप गरेर जनताका लागि सेवा विस्तार गर्ने ज्ञवाललीले बताए । कार्यक्रममा मन्त्रालयका सचिब, मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।







