हेटौंडाका मदन भुजेल विशिष्ट श्रेणी सचिबमा बढुवा
हेटौंडा । हेटौंडाका मदन भुजेलको नेपाल सरकारको सचिब पदमा बढुवा भएको छ । हेटौंडाको हटियामा जन्मनु भएका भुजेल हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ चिसापानीमा घर रहेको छ । अहिले यहाँ उहाँको भाइ र परिवार बस्दै आएका छन् ।
प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय भएको छ । बढुवा सिफारिश समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिश गरेको थियो ।
मकवानपुरको थाहा नगरपालिकाका रघुराम विष्टको केही महिना अगाडी सचिबका रुपमा बढुवा भएर अहिले भने गण्डगी प्रदेशको प्रमुख सचिबका रुपमा कार्यरत हुनुहुन्छ ।
भुजेल भने मधेश प्रदेशको कायममुकायम सचिबका रुपमा कार्यरत हुनुहुन्छ । अब भने उहाँ पनि मधेश प्रदेशको प्रमुख सचिबका रुपमा रहनु हुने छ ।







