हेटौंडामा पत्रकारहरुको अन्तरक्रिया, खोजमुलक समाचार लेख्न मुख्यमन्त्री लामाको आग्रह

जनपत्र
२० फाल्गुन २०८१, मंगलवार १५:०६

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पत्रकारहरुले खोज र अनुसंधान मुलक समाचारलाई प्राथमिकतामा राखेर कलम चलाउनु पर्ने बताए ।

अब पत्रकार टेक्नोलोजी संग नजिकर रहेर काम गर्नुपर्ने उनले बताए । पत्रकार र प्रदेश सरकारको सम्वन्ध सुमधुर हुनुपर्ने उनले बताए । कुनैपनि कामको नकारात्म ढंगले भन्दा पनि सकारात्मक ढंगले काम गरिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब पूर्ण बहादुर दर्जीले पत्रकार महासंघ र संघसंगठनहरुका लागि काम गर्नका लागि नियम कडा नबनाएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निर्बतमान अध्यक्ष शिब देबकोटा, संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष धुर्ब अधिकारी, फोनीज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायतकाले आफ्ना भनाइहरु राखेका थिए । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका महासचिब राधेश्याम खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*