चट्याङ लागेर मकवानपुरमा तीनजना घाइते

जनपत्र
१८ फाल्गुन २०८१, आईतवार ०७:३९

मकवानपुर/ मकवानपुरको मनहरी गाउँपालिका-६, रुपाचुरीमा चट्याङ पर्दा तीन जना घाइते भएका छन्। शनिबार (आज) दिउँसो करिब २ बजेतिर हावाहुरीसहितको वर्षाका क्रममा अचानक चट्याङ पर्दा तीनजना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ३८ वर्षीय मंगल मुक्तान, उनका १८ वर्षीय छोरा कल्सान मुक्तान र २७ वर्षीया कालिमान बल घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार चट्याङका कारण मंगल मुक्तानको छातीमा भित्री चोट लागेको छ भने मुखबाट रगत बगेको अवस्था रहेको छ।

त्यस्तै, कालिमान बल लाई पनि छातीमा गम्भीर चोट लागेको छ। कल्सान मुक्तान भने सामान्य घाइते भएका छन्। डीएसपी अर्यालका अनुसार घाइते तीनैजनालाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पतालमा उपचार जारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*