मकवानपुरमा गैडाको आक्रमणबाट एक जना घाइते

जनपत्र
१७ फाल्गुन २०८१, शनिबार १८:१९

हेटौंडा । मकवानपुरमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ खयरघारी मरुङगे ताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक बनमा स्थानीय ३५ वर्षिय राम दिनेश कुशवारलाई गैडाले आक्रमण गरेर घाइते बनाएको हो ।

घास काट्न जाने क्रममा गैडाको आक्रमणबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । गैडाको आक्रमणबाट घाईते लाई उपचारको लागी भरतपुरको सरकारी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*