हेटौंडाको ॐ बृद्धाश्रममा ब्हील चियर तथा बेड हस्तान्तरण
हेटौंडा । जेसीआई हेटौंडाको आयोजनामा हेटौंडा वडा नंंबर २ स्थित चौकिटोलमा रहेको ॐ बृद्धाश्रममा ब्हील चियर तथा बेड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
जेसी योगेश बाँनियाको संयोजकत्वमा भएको कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष जेसी पंकज दास बाँनियाको सभाअध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नंबर २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा जेसीआई हेटौंडाका नि।वर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ मा राष्ट्रिय महासचिव सिनेटर विकेश लाल श्रेष्ठ बिशिष्ट अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा ॐ बृद्धाश्रमका अध्यक्ष सिद्दिलाल श्रेष्ठ, संरक्षक बुद्धिप्रसाद पौडेल, जेसीआई हेटौंडा वर्ष १९९१ का शाखा अध्यक्ष एवम् नेपाल जेसीज १९९८ का राष्ट्रिय कानुनी सल्लाहाकार जेसी गणेश कुमार श्रेष्ठ लगायत जेसीआई हेटौंडका पूर्व अध्यक्षहरुको आतिथ्यता एवम् जेसीआई हेटौंडाका बोर्डका पदाधिकारी, सदस्यहरु एवम् आश्रमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी बिश्व प्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्नु हुदै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । जेसीआई हेटौंडा वर्ष २०२५ का महासचिव संजय कुमार न्यौपानेले कार्यक्रम संचालन गर्नु भएको थियो ।







