६.१ म्याग्निच्युडको भूकम्प, हेटौंडावासीको समेत निन्द्रा खल्बलियो
हेटौंडा/ आज बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
हेटौंडावासीको समेत निन्द्रा खल्बलिने गरी गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
शक्तिशाली भूकम्पको कारण काठमाडौं उपत्यकावासीलाई समेत ब्युँझाएको थियो ।







