मकवानपुरमा एक घर जलेर नष्ट

जनपत्र
१३ फाल्गुन २०८१, मंगलवार १५:४८

हेटौंडा । मकवानपुरमा एक घर जलेर नष्ट भएको छ । मकवानपुरको भीमफेदि गाउँपालिका वडा नम्बर–१ नयाँगाउ बस्ने बासु प्रजाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

आगलागीबाट घर भित्र रहेको अन्नपात, भाडा, बर्तन, लत्ताकपडा सहित पुर्ण रुपमा जली नष्ट भएको हो । यसैगरी घर नजिकै रहेको गोठ भित्र रहेको १ वटा गाई समेत जली घाइते भएको, मानबिय क्षति नभएको प्रहरीले जनाएको छ । खाना बनाउने चुल्होबाट आगो सल्केको बुझिन आएको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*