हेटौंडामा तरकारी र फलफूल खेतीमा रमेका दुइ जना ज्येष्ठ नागरिक

कृष्ण उदास खनाल
११ फाल्गुन २०८१, आईतवार ०७:३१

हेटौंडा/ उमेरले सात दशक काटे पनि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ७३ बर्षीय दुर्गा शर्मा र ७० बर्षीय भागीरथ शर्माको जोस जाँगर भने उस्तै छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को त्रिशुले हाइटमा आफ्नो र केही भाडामा समेत गरेर शर्मा दाजुभाइले गरेको तरकारी र फलफूल खेतीले सबैको मन प्रफूल्ति बनाउने गर्दछ ।

अहिले त्यहाँ पुगियो भने लटरम्म मेवा,गोलभेला अनि बन्दा र काउली फलिरहेको देख्न पाइन्छ । बिगत केही बर्षदेखि त्यसै खेर गइरहेको उक्त जग्गालाई शर्मा दाजु भाइले हराभरा बनाउनु भएको हो । मेला यसपाली लगाएको र केही क्वीन्टल बिक्री गरिसकेको र अब केही बिक्री गर्न बाँकी रहेको दाजु दुर्गा शर्माले बताउनुभयो ।

मेवा प्रतिकिलो ५० मा आफूहरुले बिक्री गरिरहेको पनि शर्माले बताउनुभयो । झट्ट हेर्दा सुख्खा जस्तो देखिने सो स्थानमा खानेपानी प्रयोग गरी उहाँहरुले तरकारी र फलफूलका लागि आवश्यक पर्ने पानी लगाउने गर्नु भएको छ । अर्गानिक फलफूल र तरकारी उत्पादन आफुहरुको लक्ष्य रहेको र त्यसै अनुसार आफूहरु लागि रहेको पनि शर्माले बताउनुभयो ।

मेहनेत गरेको खण्डमा नेपाली माटोमा नै सुन फलाउन सकिने अनुभव आफुहरुसंग रहेको शर्मा दाजुभाईले बताउनुभयो । तरकारी र फलफूल बिक्री गरेर लाखौं रुपैयाँ कमाउने सकिने अवस्था रहेका कारण पनि युवा शक्ति यो पेशमा लाग्न आवश्यक रहेको शर्मा दाजुभाईको भनाइ छ ।

आफूहरुले उत्पादन गरेको मेवा पोखरा सहितका शहरहरुमा जाने गरेको र गोलभेडा पनि एक लट बिक्री सकेको र अर्को लट फलिरहेको भाइ भागीरथ शर्माले बताउनुभयो । उहाँले अब बन्दा र काउली पनि लगाइएको र यो बैशाखको पहिलो साता उपभोगका लागि योग्य हुने बताउनुभयो । भाइ भागीरथले पनि तरकारी र फलफूल बिक्री गरेर छोरा,छोरी वा बुहारीको मुख आफूहरुले ताक्न पर्ने अवस्था नआउने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*