भीमफेदीमा सडक सफाइ गर्न जनप्रतिनिधि र स्थानीयको जागरण अभियान

जनपत्र
१० फाल्गुन २०८१, शनिबार ०७:२४

 मकवानपुर/ मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ४ का जनप्रतिनिधि र स्थानीयले सडक सरसफाइका लागि जागरण अभियान चलाएका छन् ।

काठमाडौं–हेटौंडाको छोटो दुरी सडक अन्तर्गत भीमफेदीदेखि भैंसेसम्मको सडक खण्ड भएर यात्रा गर्ने यात्रुहरूले गाडीबाट जथाभावी फोहोर फालिदिने गरेपछि वडाले सरसफाइका लागि जागरण अभियान सञ्चालन गरेको हो ।

‘गाडीबाट यात्रा गर्ने यात्रुहरूले यो क्षेत्रमा धेरै फोहोर गरेपछि स्थानीय प्रभावित भएका छन् । त्यसको न्यूनीकरण र सडक क्षेत्र सरसफाइ गर्न हामीले अभियान चलाएका हौं,’ वडाध्यक्ष सागर पाण्डेले भने ।

उनले जागर तथा सरसफाइ अन्तर्गत, स्थानीय युवा, विद्यार्थीको सहभागितामा सडक सरसफाइ गरेको बताए ।

‘हामीले एक दिन सरसफाइ मात्रै गरेनौं, यो बाटोबाट हिँड्ने सवारी चालक, यात्रुहरूलाई सचेत पनि गराएका छौं । अलि धेरै प्रभावित भएपछि वडा कार्यायले नै सक्रिय भएर अभियान चलाएको हो,’ वडाध्यक्ष पाण्डेले भने  ।

उनले सुरुमा जागरण अभियान चलाउने र सचेत नभए स्थानीय प्रशासनसँग मिलेर कारबाही तर्फ पनि जाने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*