मकवानपुरगढीमा रहेको जालपादेवी बिद्यालय भवनको सांसद बर्तौलाद्वारा शिलान्यास

जनपत्र
८ फाल्गुन २०८१, बिहीबार १७:५४

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६, डुम्रेकुना स्थित जालपादेवी माध्यमिक विद्यालयको कक्षाकोठा भवनको मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा मुख्य सचेतक महेश कुमार बर्तौलाद्वारा शिलान्यास गरिएको छ । बर्तौलाले आज एक कार्यक्रमका बिच उक्त विद्यालयको जग हाल्नु भएको हो ।

निर्माणाधीन जालपादेवी माध्यमिक विद्यालयमा अहिले करिव ४ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । शिलान्यास कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष दोर्जे स्याङ्तान, पुर्व अध्यक्ष विदुर हुमागाईं, सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको इन्जिनियर रबिन पाठक लगायत स्थानीय अगुवा, अभिभावकहरु र बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*