हराउँदै मकवानपुरका गाउँघरमा परम्परागत टपरी

जनपत्र
३ फाल्गुन २०८१, शनिबार ०७:१५

हेटौंडा । मकवानपुरको ग्रामीण भेगमा विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने सालको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ ।

बिशेषगरी दश वर्ष अघिसम्म मकवानपुरका गाउँहरुमा सालको पातको टपरी प्रयोग गरिन्थ्यो । अहिले भने सालको पातको टपरी भने पुजाआजाका लागि मात्र प्रयोग गरेको देखिन्छ ।

हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको मकवानपुरगढीका स्याम घिमिरे बताउनुहुन्छ । विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो ।

व्यावसायिक रुपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी पनि सङ्कटमा पर्दै गएको यसबाट जिवीको पार्जन गर्दै आएका महिलाहरु बताउँछन् ।

कागजको टपरीको कारण आफूहरुको संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेकोमा बृद्धबृद्धाहरु चिन्तीत पनि बनेका छन् । पहिले भोज भतेर विवाहसहितका धार्मिक कार्यमा भोजन गर्दा सालको पातको टपरीमा अरुलाई खाना दिने चलन थियो ।

हिजो आज कागजको टपरी प्रयोग हुन थालेको छ ।‘ दश वर्ष अगाडिसम्म गाउँघरमा भोज भतेरमा अनिवार्य सालको पातको टपरीमा खाना खान दिने लचन थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*