बिकास बजेट खर्च गर्न असार कुर्दै बागमती प्रदेश सरकार, अहिले सम्म १६ प्रतिशत मात्र खर्च

जनपत्र
५ माघ २०८१, शनिबार ०७:०६

हेटौंडा । बिगतका सरकार जस्तै अहिलेको बागमती प्रदेश सरकार पनि विकास बजेट खर्च गर्नका लागि असार महिना कुरीरहेको छ । बिशेषगरी जेठ र असार महिनामा तीनै तहका सरकारको बजेट खर्च अत्यधिक हुने गरेको छ । बागमती प्रदेशका १४ वटा मन्त्रालय पनि बिकास बजेट खर्च गर्नका लागि असार महिना कुरीरहेका छन् । अहिले सम्मको बजेट खर्च अत्यन्तै निरासाजनक रहेको छ ।

चालु आर्थिक वर्षको छ महिना वितिसक्दा पनि प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको हो । प्रदेशका मन्त्री र सचिब आफ्नो जिल्लामा साना कार्यक्रमका अतिथी बन्ने होड र काठमाण्डौं केन्द्रीत हुँदा पनि धेरै समस्इा भएको छ । मन्त्रालयका सचिब र महासाखा प्रमुखहरुको हालत पनि उस्तै छ ।

घरगएर बस्ने अनी मन्त्रालयबाट दैनिक भ्रमणभत्ता लिएर काममा छु भन्ने परिपाटीले गर्दा पनि थप समस्या भएको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कुल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो ।

चालु आवका लागि प्रदेश सरकारले रु। ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म रु। १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ । चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*