मकवानपुरको मुसेधापमा अन्तरसम्वाद कार्यक्रम, सांसदहरु समक्ष वनकरियाका समस्याका चाँङ

जनपत्र
३ माघ २०८१, बिहीबार १९:१२

हेटौंडा । पस्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ मुसेधापमा रहेको वनकरिया वस्तिमा अन्तरसम्वाद कार्यक्रम गरिएको छ । स्थानीय वनकरियाहरुले आफ्ना बषौदेखिका समस्याहरु सांसदहरु समक्ष राखेका छन् ।

मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा–२ को आयोजना, नर्बेजियन दुतावास काठमाण्डौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा बनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु समिता खड्गी, सुना परियार, गिरबहादुर तामाङको कार्यक्रममा बिशेष आतिथ्यता रहेको थियो । पाँचै जना सांसदहरुले वनकरियाका वषौ देखिका आफ्ना भोगाइ, अहिले सम्म परेका समस्याहरु राख्नु भएको थियो ।

लोपोन्मुख जाती वनकारिया समुदायको समस्याका बिषयमा बागमती प्रदेश सभा र प्रदेश सभाको समिति मार्फत समाधान गर्ने प्रतिवद्धता जनाइएको छ । आज (बिहीबार) मकवानपुरगढी सञ्चारको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र नर्वेजियन दुतावास, काठमाडौँको सहकार्यमा वनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताबीच अन्तरसंवाद कार्यक्रममा सहभागी प्रदेश सांसदहरुले वनकरिया समुदायको न्यायका लागि पहलकदमी चाल्ने प्रतिवद्धथा जनाएका हुन् ।

निकुञ्ज क्षेत्रको जमिनमा बसोबास गर्दै आएका वनकरिया समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराइदिन गरेका उनीहरुको मागको सम्बोधन गर्दै प्रदेश सभा सांसद तथा प्रदेश समितिका सभापति र सदस्यहरुले उनीहरुको न्यायका लागि सदन र समितिमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मनहरी गाउँपालिका–४ मुसेधापमा भएको कार्यक्रममा पत्रकार गोविन्द खड्काले कार्यक्रमको सहजीकरण गरेका थिए। प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य कुमारी मोक्तान, सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङ, अर्थ तथा विकास समितिका सदस्य सुना परियार र शिक्षा समतिकै समिता खड्कीले वनकरिया समुदायको सवालको जवाफ दिएका थिए ।

कार्यक्रममा उपस्थित भएका प्रायः सांसदहरुले वनकरिया बस्तीमा यो आफ्नो पहिलो कार्यक्रम र उपस्थिती रहेको बताएका थिए । सभापति आनन्द श्रेष्ठले वनकरियाबीचमा आफू पहिलो पटक उपस्थित भएको बताउनुभयो । वनकरिया समुदायको हक अधिकारको लागि सम्बन्धित क्षेत्रको जनप्रतिनिधि नै सक्रिय हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘तर पनि प्रदेश सभाको समितिको तर्फबाट गर्नुपर्ने कामलाई हामीले हेरिहरेका छौं । नजिकबाट नियालिरहेका छौं ।’

यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य तथा प्रदेशको पूर्व मन्त्री कुमारी मोक्तानले यस बस्तीमा यो भन्दा धेरै समस्या रहेको स्मरण गर्नुभयो । यस समुदायमा यो भन्दा पहिला धेरै समस्या थियो, उहाँले भन्नुभयो, ‘पछिल्लो समय वनकरियालाई विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको छ । जग्गा प्राप्तीको लागि पनि निकै प्रयत्न गरिरहेको छ । प्रदेश सरकारले जमिनको बिषयमा बोल्न सक्छ । तर अपनत्व लिन सक्दैन । किनकी यो संघको अधिनमा छ ।’

यता, सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङले वनरिया बस्तीको संरक्षण र अधिकारको लागि आफ्नो समितिमा आवाज उठाउने र सदनबाट कानुन बनाउने बताउनुभयो । अर्थ समितिकी सदस्य सुना परियारले वनरिया समुदायको पीडा सुनेको भन्दा आफ्नै आँखाले देख्दा निकै दुखदायी रहेको बताउनुभयो । यसअघि वनकरिया जातीको बिषयमा सदन र समितिमा कहिल्यै अवाज नउठाएको स्वीकार गर्दै उहाँले भन्नुभयो, ‘यसअघि यसरी बुझ्ने मौका पाइएको थिएन । आजको कार्यक्रमले वनकरियाको दुख बुझ्ने मौका पायौं । अब पक्कै पनि सदनमा कुरा उठाउनेछु ।’
यस्तै, शिक्षा स्वास्थ्य तथा कृषि समिति सदस्य समिता खड्कीले वनकरिया समुदायका हितका लागि यसअघि केही नगरे पनि आगामी दिनमा यस समुदायको अधिकारको लागि सधैं आवाज उठाउने बताउनुभयो ।

कार्यक्रममा युएनडिपिका नीति तथा कार्यक्रम समर्थन व्युरो उपसहायक प्रशाशक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअपले वनकरिया समुदायका समस्याहरु सांसदहरु र आफुले बुझेको बताउनुभयो । कार्यक्रममा सहभागि सांसदहरुले पनि वनकरियाहरुका समस्या बुझ्नु भएकाले अब नीति निर्माण तहमा काम गर्नेमा आफुले विश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष प्रकाश थापाले आफुले नजिकबाट वनकरियाहरुका समस्याहरु बुझेको र त्यही अनुसार काम गर्दै आएको बताउनुभयो । वनकरियाका हरेक समस्या समाधानमा आफु निरन्तर रुपमा लागिपरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कसले के भने ?

सन्तोषी वनकरिया

कार्यक्रममा वनकरिया समुदायको लिडर सन्तोषी वनकरियाले वनकरिया जाति भूमी पुजक भएर पनि किन जग्गाधनी लालपुर्जा पाएनौं ? भनेर प्रश्न गर्नुभयो । २०६२ सालमा २० बर्षको लागि दिइएको कागजको समय २०८२ बैशाखमा सकिदै छ । त्यसपछि हामी कहाँ जाने ?
मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ । जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौं न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ । व्यवसाय दर्ता गर्न नपाएपछि काम नै तीन महिना रोकियो । वडाध्यक्ष दाईले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो । सधैं हामी यसरी नै कतिञ्जेल चल्ने ?

संगिता वनकरिया

यस्तै, स्थानीय संगिता वनकरियाले आफ्नो समुदायको लागि भत्ता होइन, रोजगारी चाहिएको बताउनुभयो । लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ता बन्दा बढी हुने उहाँले बताउनुभयो । सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निशुल्क पठाइदिएको छ भन्छन् । तर हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले फि बुझाइरहेका छौं । यसको लागि हामीले कस्लाई भन्नुपर्ने हो ?

जग्गा छैन । भएको अलिकति जग्गामा पनि उत्पादन हुँदैन । महिनाको ४ हजार रुपैंया भत्ता आउँछ । त्यो पनि तीन÷तीन महिनाको दरमा । त्यो बेलासम्म उपचार गर्न, खान र बालबच्चा पढाउन लाखौं खर्च भैसक्छ । यसको जिम्मेवारी कसले लिइदिन्छ ?

राम वनकरिया

यस्तै स्थानीय राम वनकरियाले आफूहरु बसोबास गर्ने स्थानमा बाटोको पनि असुविधा रहेको बताउनुभयो । बाटो पनि छैन । बर्खामा खोलाको बाटो हिड्नै सकिदैनँ । बालबालिकाहरुलाई विद्यालय पुग्न मुस्किल छ । भएको कच्चीबाटोमा बर्षभरी गाडि चल्ने व्यवस्था मिलाइदिन पर्यो । स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्यामा पनि ध्यान दिनुपर्यो ।

विष्णु बहादुर प्रजा

अर्का स्थानीय बिष्णु बहादु प्रजाले विद्यालय टाढा रहेको कारण वनकरिया बालबालिकाहरुको पढाइ छुट्ने गरेको दुखेसो गर्नुभयो । ७४ सालको बाढीले बस्ती बगाएपछि यो बस्तीमा आएर बसिरहेका छौं । यहाँबाट सबै बालबालिकाहरु पढ्न अहिले पनि उतै जानुपर्ने बाध्यता छ । विद्यालयको व्यवस्था यतै गरिदिन पहल ग।िरदिनुहुन अनुरोध गर्दछु ।

उहाँले थप्नुभयो, निकुञ्जका कारण बस्न पनि निकै समस्या भैरहेको छ । आर्मीहरु घर घेर्न आउँछन् । यो समस्याबाट हामीले कहिले मुक्ति पाउने ?

कुमार वनकरिया

यस्तै कुमार वनकरियाले एसएलसी पास भएका भाईबहिनीको रोजगारीको ग्यारेण्टी सरकारले नलिएको प्रति गुनासो गर्नुभयो । एसएलसी पास भएका मेरा भाइबहिनीहरु अहिले ट्याक्टरमा लोड अनलोड गर्ने, कुचो लगाउने काम गरिरहेका छन् । बनकरियालाई एसएलसी पास गर्नुस् जागिर लगाइदिन्छु भन्नुहुन्थ्यो । खै त हाम्रा लागि जागिर ? खै हाम्रो लागि अवसर ?

सन्तमाया प्रजा

कार्यक्रममा प्रश्न गर्दै सन्तमाया प्रजाले आफूहरु बसोबास गरिरहेका जग्गा आफ्नै नाममा आउनुपर्ने बताउनुभयो । यो भूमि हाम्रो नाममा हुनुपर्यो । नत्र हामी आउने बैशाखपछि कहाँ जाने ? हामीले लालपुर्जा कहिले पाउँछौं ? कि हामीलाई प्रमाण दिनुस् । कि त फेरी जंगलमै पठाइदिनुस् । हामी हाम्रो तरिकाले बाँच्छौं ।

माया वनकरिया

त्यसोत, माया वनकरियाले वनकरिया भाषा लोभ हुन लागेको प्रति चिन्ता व्यक्क्त गर्नुभयो । हाम्रो भाषा बोल्न जान्ने ४ जनामात्र हुनुहुन्छ । हाम्रो भाषाको किताब बनाउन आवश्यक छ । यसको लागि हजुरहरुले पहल गरिदिन पर्यो ।

यस्तो छ सांसदहरुको प्रतिवद्धता

बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ

त्यसोत सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुको प्रश्नको जवाफ दिदैँ उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति श्रेष्ठले सरकारको तर्फबाट जग्गाधनी पुर्जा लगाएत अन्य अधिकारको क्षेत्रमा काम भैरहेको बताउनुभयो ।

हरेक क्षेत्रको समस्या ऐन कानुन बाँझिएको कारण यसको परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । वनकरिया समुदायले जग्गा प्राप्तीका लागि विभिन्न ठाउँमा बुझाएको विज्ञप्तीको प्रतिलिपी आफ्नो समितिमा समेत वडाध्यक्ष मार्फत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक संरचना परिवर्तन भयो तर राज्य संरचना परिवर्तन गर्न सकिएको छैन । ऐन र कानुनको परिधिले धेरै कुराहरु चाहेर पनि गर्न सकिएको छैन । आवश्यकता भन्दा पनि पहुँचको आधारमा बजेट पुग्दा सोचेजस्तो उपलब्धि हात पार्न सकिएको छैन । यद्यपी, हामी सबै सभापतिहरुको बैठक सभामुख ज्यु को अध्यक्षतामा बस्छ । त्यो बैठकमा यहाँ भएका कुरा जस्ताको त्यस्तै लगेर कानुन बनाउने प्रक्रिया सुरु गर्नेछु ।’

शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य तथा प्रदेशको पूर्व मन्त्री कुमारी मोक्तान

शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य कुमारी मोक्तानले वनकरिया भाषा संरक्षणमा स्थानीय सरकार पनि लाग्न जरुरी रहेको बताउनु भयो । यसको साथै आफूले पनि यस समुदायको हक, अधिकार र सुरक्षाको लागि सदन र समिति दुवैमा आवाज उठाएर लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस समुदायका बालबालिकालाई शिक्षाबाट बञ्चित गराउन नहुने बताउँदै उहाँले भन्नुभयो, कक्षा १२ पढेकालाई प्रदेश सरकारले उच्चशिक्षा अध्ययनका लागि छात्रबृद्धि उपलब्ध गराउँदै आएको छ । यदी पढ्न चाहानुहुन्छ भने म पुलको काम गरेर यहाँहरुलाई पूर्ण छात्रबृद्धि दिलाउन भूमिका खेल्नेछु ।

सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङ

यता सार्वजनिक लेखा समिति सदस्य तथा प्रदेश सांसद गिर बहादुर तामाङले वनकरियाको भाषा, संस्कृति संरक्षणका लागि आफूहरुले काम गर्नुपर्ने बताउनुभयो । यस्तै जग्गाधनीको निस्सा प्राप्त गरिसकेको अवस्थामा अब पुर्जा दिलाउनका लागि प्रदेश सरकार लाग्नेछ । हामी सांसदहरु लाग्नेछौं । फिल्डमै आएर हेर्दा यहाँको पीडा फिल गर्न पायौं, उहाँले भन्नुभयो ।

अर्थ समितिकी सदस्य सुना परियार

कार्यक्रममा वनकरिया समुदायले राखेको सवालहरुको जवाफ दिदैँ अर्थ विकास समितिकी सदस्य सुना परियारले अब आफ्नो पहिलो काम नै वनरिया समुदायको अधिकारको बिषयमा आवाज उठाउने हुने बताउनुभयो । यहाँका समस्या थाहा पाएका थिएनौं, उहाँले भन्नुभयो, ‘काममा यहाँको समस्या समितिमा उठाउँछु । एसईई पढेर त्यो भन्दा माथि पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढाई छोडेका भाईबहिनीहरुलाई उच्च शिक्षाको लागि व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता गर्दछु ।’

शिक्षा स्वास्थ्य तथा कृषि समिति सदस्य समिता खड्की

यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिकी सदस्य समिता खड्कीले यस समुदायको दुखका कुरा सुन्दा कायषर््क्रम अवधिमै पटक÷पटक आफ्नो आँखा रसाएको बताउनु भयो । यद्यपी, आफ्नो समुदायको हक अधिकारको लागि पहलकदमी गर्न उत्सुत्कतापूर्वक जागरुक हुन जरुरी रहेको बताउनुभयो ।

यहाँ आएर यत्तिका समस्या सुन्ने र बुझ्ने मौका पाएँ, उहाँले भन्नुभयो, ‘अब यस वनकरिया समुदायको समस्या समाधानका लागि सदन र समिति दुवैमा कुरा उठाउनेछु ।’

युएनडिपिका नीति तथा कार्यक्रम समर्थन व्युरो उपसहायक प्रशाशक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअप

संसदीय अभ्यासमा छानिएर अथवा चुनिएर गएका सांसदहरुले स्थानीयको ठाउँमै आएर बुझने, सुन्ने र प्रत्यक्ष रुपमा स्थानीयको चासो, चिन्ता र समस्याका कुराहरु बुझ्न पाउने यो प्रक्रिया निकै राम्रो अभ्यास रहेको बताउनुभयो ।

सांसदहरुसँग यहाँ सुनेका कुराहरु आफ्नो नीति निर्माणमा प्रयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरिएको बताउँदै उहाँले भन्नुभयो, यूएनडीपीले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर सहकार्य गर्न सधैैं तत्पर छौं । यहाँ वनरिया समुदायले भूमि पुर्जाको अधिकारका कुरा, वन जंगलको स्रोतको अधिकारको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा, जागिर पाउनुपर्यो भन्ने लगाएतका बिषयमा माग गर्नुभएको छ । यो निकै महत्वपूर्ण छ ।

कार्यक्रममा उपस्थित महिला र युवाहरुको उपस्थितीले पक्कै आफ्नो अधिकार प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिइएको उहाँले बताउनु भयो ।
यस्तै, कार्यक्रमका सहजीकरण गर्नुहुने पत्रकार गोविन्द खड्काले यो कार्यक्रमले वनकरिया समुदायको समस्याको समाधान खुल्ने अपेक्षा गरिएको बताउनुभयो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*