हेटौंडामा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा स्वागत तथा अभिमुखीकरण

हेटौंडा । हेटौंडामा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नयाँ बिद्यार्थीहरुको स्वागत तथा प्रतिष्ठानले अहिले सम्म गरेका कामका विषयमा जानकारी समेत गराएको छ ।
कार्यक्रमको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गरे । उनले प्रतिष्ठान भएपछी हेटौंडा अस्पतालको उपचार सेवामा निकै परिवर्तन भएको बताए । प्रतिष्ठानले स्वास्थ्य र शिक्षा क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवाली, बागमती प्रदेशको नीति तथा योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र श्रेष्ठ, प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर सुमित्रा गौतम, प्रतिष्ठानका रजिष्टार भिमसागर गुरागाई लगायतकाको आतिथ्यता रहेको थियो ।