मकवानपुर उद्योग बाणिज्यसंघको अध्यक्षमा रानाभाट, महासचिवमा प्रतिमा विजयी, अरु पदमा को–को भए विजयी ?
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानभाट विजयी हुनु भएको छ । चुनावी मैदानमा उत्रिएका दुइ वटा प्यानल मध्यमा रानाभाटको प्यानलका धेरै जना विजयी भएका छन् ।
रानाभाटको प्यानलबाट पदाधिकारीहरु सहित सदस्यहरुमा पनि धेरै विजयी भएका छन् । एदोग बाणिज्यसंघको ५८औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज बिहान सम्पन्न भएको छ । अध्यक्षमा विजयी रानाभाटले एक हजार १४ मतसहित विजयी हुनु भयो । अध्यक्षका आकांक्षी अनिल अग्रवाल सात सय ६५ मतसहित पराजित हुनुभएको छ ।
हिजो भएको चुनाबमा एक हजार आठ सय १६ मत खसेको थियो । महासचिवमा रानाभाट प्यानलबाटै प्रतिमा श्रेष्ठ १ हजार १२ मतसहित विजयी हुनुभयो । महासचिवमा अग्रवाल प्यानलबाट विकेशलाल श्रेष्ठले ७१३ मत मात्र प्राप्त गर्नुभयो ।
यता उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । राजु र काव्यमणि अनिल अग्रवाल प्यानलबाट हुनुहुन्छ भने दीपक र उज्ज्वल रानाभाट प्यानलबाट हुनुहुन्छ । कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी, सहकोषाध्यक्षमा रानाभाट प्यानलबाट निलम वैद्य, विजयी भएका छन् ।







