मकवानपुरमा कार र स्कारर्पियो दुर्घटनामा २ जनाको मृत्यु १२ जना घाइते

जनपत्र
२७ पुष २०८१, शनिबार १८:४२

हेटौंडा । मकवानपुरमा कार र स्कारर्पियो दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र कारमा सवार चितवन राप्ति नगरपालिका वडा नबर–२ गड्यौलि बस्ने ५० वर्षकी सुनिता श्रेष्ठको उपचारको क्रममा मृत्यु एको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ मा ठोक्किँएका थिए ।

कारमा सवार तीन र स्कार्पियोमा सवार ९ जना गम्भीर घाइते भएका प्रहरी प्रवक्ता अर्यालले बताए । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*