मकवानपुरमा सुमो दुर्घटना, सात जना घाइते

जनपत्र
१५ पुष २०८१, सोमबार १०:१७

हेटौंडा । मकवानपुरमा बोलेरो दुर्घटनामा सात जना घाइते भएका छन् ।

भिमफेदी– कुलेखानी– काठमाण्डौ सडक खण्डमा बिरगञ्जबाट काठमाण्डौ तर्फ जादै गरेको बा १ ज ६४०६ नंबरको सुमोले नंबर नखुलेको कारलाई ओभर्टेक गर्ने क्रममा रोडबाट १२ फिट तल खस्न गई दुर्घटना हुदा सुमोमा सवार १० जना मध्ये सात जना घाइते भएका हुन् ।

घाईते भई उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*