बकैयाका शिक्षकहरुद्वारा बालश्रम बिरुद्ध कयाशिल हुने प्रतिबद्धता
हेटौडा । मकबानपुर जिल्लाको बकैया गाउ पालिकामा बालश्रम अन्त्य गर्न गाउ पालिका भित्रको बिभिन्न बिधालयका शिक्षक एबं शिक्षाकर्मीहरुले बालश्रम बिरुद्ध कयाशिल हुने प्रतिबद्धता जनाएका छन् । बकैयामा आयोजित कार्यक्रम गाउ पालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रमका सभाध्यक्ष एबं बकैया गाउ पालिका अध्यक्ष धर्मराज लामिछानेले बिधालयको तथ्याकं हेर्दा ड्रप आउट बढदै गएको पाईएकोले ति बिधालय बाहिर रहेको बालबालिका भोली बालश्रममा जान सक्ने, तिनै बालिकाको बाल बिबाह हुन सक्ने, बाल बिबाह पश्चात पुन बालश्रम हुदै बाल ओसारपसार र बेचबिखन समेत हुन जाने संभाबना बढदै गएकोले बिधालयमा हुने ड्रप आउट घटाउन र बिधालय बाहिर रहेको बालबालिकालाई बिधालयमा ल्याउन बिधालयका शिक्षक एबं ब्यबस्थापन समितीलाई मिहिन ढंगले कृयाशिल हुन आग्रह गर्नु भएको थियो ।
पालिकाको उपाध्यक्ष भक्त बहादुर खत्रीले जिम्मेबार अभिभाबक हुन नसकेको कारणले बालबालिकाहरु बालश्रम गर्न बाध्य हुन परेको बताउनु हुदै टोल बिकाश मार्फत अभिभाबकलाई जिम्मेबार भुमिका निर्बाह गर्न सचेतना कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताउनु भयो । उहाले शिक्षकहरुले बालबालिकालाई बिधालयमा टिकाउने र गुणस्तरिय शिक्षा सिकाउने कार्य गर्न आग्रह समेत गर्नु भएको थियो ।
पालिकाको प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठले गाउ पालिकाको २८ बटा बिधालयको शिक्षकहरुबाट बाल संरक्षणको लागी भाबि कार्ययोजना तयार पारिएकोमा प्रशंसा गर्नु हुदै सार्बजनिक शिक्षाको सुदृढिकरण, बिधालय छोडने दरमा कमी ल्याउन र गुणस्तरीय शिक्षाका लागी बिधालयका शिक्षकलाई जिम्मेबार बन्न आग्रह गर्नु हुदै बिभिन्न बिधालयबाट तयार पारिएको कार्ययोजना लाई सफलता पुर्बक सम्पन्न गर्न पालिकाले सहकार्य गर्ने समेत बताउनु भएको थियो ।
कार्यक्रममा गाउ पालिका उपाध्यक्ष भक्त बहादुर खत्री, पालिकाको प्रमुख प्रशासकिय अधिकृत महेश श्रेष्ठ, बाल कल्याण समाजको अध्यक्ष प्रकाश खतिवडा, पालिका शिक्षा प्रमुख आईतराम तामागं, रोजगार संयोजक रामचन्द्र खड्का, महिला बिकाश निरीक्षक एबं बाल कल्याण अधिकारी होम कुमारी संजेल समेतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ग्लोबल मार्चको सहयोगमा बकैया गाउ पालिका, स्वतन्त्रता अभियान र बाल कल्याण समाज मकाबानपुरको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
उक्त अबसरमा महेन्द्र मा बि बकैया ४ को प्रधानाध्यापक देबकी सिग्देल र श्री प्रभात मा बि बकैया ५ को प्रधानाध्यापक दिपेश देबकोटाले सबै शिक्षकहरुको प्रतिनिधित्व गर्दै अभिभाबकलाई जिम्मेबार अभिभााबक बन्न सचेतना मुलक कार्यक्रम, बिपन्न बालबालिकालाई छात्रबृत्री, जन्मदर्ता नभएका बालबालिकाको जन्मदर्ता बनाउन पालिकाको प्रयास, बालबालिकालाई बिधालयमा टिकाउने योजना र कृयाकलाप, शिक्षकहरुलाई अभिप्रेरित गर्ने कार्यक्रमहरु ल्याउन सके शिक्षाको गुणस्तर अभिबृद्धि हुने बारे बताउनु हुदै पालिकालाई शिक्षामा लगानी अभिबृद्धि गर्न समेत आग्रह गर्नु भएको थियो ।
सहभागि शिक्षकहरुले बिधालयमा ड्रप आउट हुन नदिन, बिधालय छोडेका बालबालिकालाई पुन बिधालयमा फर्काउन, बिधालयको सेबाक्षेत्र भित्रका बिधालय बाहिर रहेका बालबालिकालाई बिषेश रुपमा बिधालयमा ल्याउन उल्लेख्य भुमिका निर्बाह गर्दै बिधालयलाई बालमैत्री बिधालय बनाउन र बालबालिकाको संरक्षणको अधिकार सुनिश्चित गर्न कटिबद्ध रहने बारे प्रतिबद्धता समेत गरिएको थियो ।







