स्वास्थ्य मन्त्रालयमा गौतमद्वारा पदभार ग्रहण
हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा डा। सुमित्रा गौतमले पदभार ग्रहण गर्नुभएको छ । केहिदिन अगाडि बागमती प्रदेशमा सरुवा हुनुभएको गौतमले शुक्रबार पदभर ग्रहण गर्नुभएको हो ।
भक्तपुर अस्पतालकी निर्देशक रहनुभएको गौतमलाई बिहिवार बसेको मन्त्रीपरिषदको बैठकले जिम्मेवारी तोकेको हो । स्वास्थ्य सचिव बद्री खड्काको अवकाशपछि पद रिक्त रहेको थियो ।







