हेटौंडामा नेपाली सेनाद्वारा ५ राउण्ड हवाइ फायर गर्दै गैडाको खाग तस्करीको आरोपमा एक जना पक्राउ

जनपत्र
११ पुष २०८१, बिहीबार १६:२७

हेटौंडा । हेटौंडामा नेपाली सेनाद्वारा ५ राउण्ड हवाइ फायर गर्दै गैडाको खाग तस्करीको आरोपमा एक जना पक्राउ गरिएको छ । गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट आज एक जनालाई पक्राउ गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा पक्राउ गरिएको व्यक्तिलाई सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ । पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन ।

पाँच राउण्ड गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यक रुपमा गोली चलाएका थिए । ‘सेनाले मान्छेलाई पूर्णरुपमा नियन्त्रणमा लिइसकेका थिए । तर, अनावश्यक रुपमा हवाइफायर गरे ।’, घटनाको प्रत्यक्षदर्शीले भने । सेनाले पक्राउ गरेको मानिसको खुट्टामा समेत एक गोली प्रहार गरेको आरोप स्थानीयले लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*