हेटौंडामा तीन वटा सवारीका साधन एक आपसमा ठक्करखाँदा पाँच जना घाइते

जनपत्र
७ पुष २०८१, आईतवार ०६:२०

हेटौंडा । हेटौंडामा तीन वटा सवारीका साधन एक आपसमा ठक्करखाँदा पाँच जना घाइते भएका छन् ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–५ माछा प्लान्ट स्थित कान्तिलोकपथ सडक खण्डमा चौघडा तर्फ बाट हेटौडा बजार तर्फ आउदै गरेको प्र ३–०२–०० ८ प २६२८ नंबरको मोटरसाईकल र हेटौडा बजारबाट चौघडा बजार तर्फ जादै गरेको बा प्र ०३–००५ प ५१६९ नंबरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा सोही समयमा चौघडा तर्फबाट हेटौडा बजार तर्फ आउदै गरेको ना ७ ख ४२९५ नं। को ट्रकको ट्रेलर खालको बम्परको भाग मुनी मोटरसाईकल पर्न गई दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते मध्यमा एक जनाको भरतपुरमा रहेको पुरानो मेडिकल कलेज र अरु चार जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*