मकवानपुरको भीमफेदीमा बाढीले बागमती खोला पुलमा क्षति
हेटौंडा । मकवानपुरमा भीमफेदीमा रहेको बागमती खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ ।
भीमफेदी गाउँपालिका-८ कान्तिलोकपथस्थित बागमतीको पुलमा बाढीले क्षति पुर्याएको हो । बाढीले पुलको केही भाग बगाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । बाढीले पुलमा क्षति पुर्याएपछि आवागन प्रभावित भएको छ ।







