दाँत निकाले पछि ध्यान दिनुपर्ने कुराहरू:
मानिसहरुलाई दन्त स्वास्थ्यको बारेमा राम्रो जानकारी नभएकाले दाँतको ख्याल गर्दैनन् । दन्त चिकित्सकहरुका अनुसार स्वस्थ र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ । दाँतमा समस्या देखिएमा यसले हाम्रो स्वास्थलाई मात्रै प्रभावित गर्दैन, लुक्सलाई पनि प्रभावित गर्छ । दाँतमा धेरै देखिने समस्या दाँत किराले खाने, दाँत फाट्टीयर आउने तथा चोट लागेर दाँत टुक्रिएर जाने हो । कुनै कारण बस दाँत निकाल्नु परेमा दाँतको बिषेस ध्यान दिनु पर्छ ।
दाँत निकालेको कमसेकम एक घण्टा सम्म गज प्याग ९दाँत फालेपछि टोकाएको औषधी लगाएको सफा कपडा० लगाएको टोकी राख्ने पछि सफा औलाले झिकेर फालिदिने
-दुई घण्टासम्म नखाने
-दांत निकालेको ठाउँमा जिब्रो, औला, सिन्काले नचलाउने,
-२४ घण्टासम्म नथुक्ने, कुल्ला नगर्ने,
-२४ घण्टासम्म तातो, सारो पिरो नखाने,
-पेय पदार्थ पिउदा पाईपले नतान्ने, गिलासमा राखेर खाने,
-२४ घण्टापछि मनतातो पानीमा नुन हालेर दिनको २-३ पटक हप्ता दिन सम्म कुल्ला गर्ने,
-२४ घण्टासम्म थुकमा केही मात्रामा रगत देखा परेमा नआत्तिने २४ घण्टापछि
-पनि रगत बगिरहेमा दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुपर्छ
-दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधी सेवन गर्ने,
-डाक्टरले लेखेको औषधी खाँदा एलेर्जी भएमा, शरीरमा राता डाबर आउनु, सास फेर्न गाहो हुनु, पसिना आउनु, मुटुको घड्कन बढ्नु० डाक्टरले दिएको औषधी -थप अरु नखाने र तुरुन्त नजिकको डाक्टरलाई सम्पर्क राख्नुपर्छ,
-दाँत निकालेपछि चुरोट, खैनी जस्ता हानिकारक पदार्थ सेवन नगर्ने।
-घाउलाई टाका लगाईएको (सिलाईएको) भए एक हप्तापछि सम्पर्क राख्ने ।






