तपाईको घरको कुन दिशामा के हुन उचित ?

जनपत्र
३० असार २०८१, शनिबार ०६:१६

घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।  वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ।

प्रवेशद्वार

वास्तु शास्त्रमा घरको मुख्य प्रवेशद्वार सुशोभित हुनुपर्छ भनेर भनिएको छ। प्रवेशद्वार बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्

प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ ।
ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ र ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन ।
घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन ।
पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख द्वार बनाउनु उचित हुन्छ ।
द्वार नैऋत्य र वायव्य  कोणमा बनाउनु पर्छ ।

भान्सा घर

वास्तु शास्त्र अनुसार भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुदैन। त्यसैले भान्सा बनाउदा निम्न कुराहरु ख्याल गर्नु पर्छ:

 

 

भान्सा घर दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर-पश्चिममा निर्माण गर्न  सकिन्छ ।
खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाइ छुनु हुदैन ।
पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ ।
घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनु पर्छ ।
पानीको धारा र चुल्होलाइ नजिकै राख्नु हुदैन ।
खाना भान्साको बीचभागमा बसेर खानु पर्छ ।

पूजास्थल

हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्‍तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। पूजास्थल बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन्:

पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन ।
पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन ।
पूजा कोठा शौचालय संग एकै पर्खालले जोडिएको हुनु हुदैन ।
पूजा कोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ भने पूजा कोठा सयन कक्षमा बनाउनु हुँदैन ।
भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन ।
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनु पर्छ ।

शयन कक्ष

शयन कक्ष अर्थात सुत्ने कोठा वास्तु शास्त्र अनुसार बनेको हुनुपर्दछ।  यसो नभएमा राती सपना नराम्रो देखिने गरिन्छ।सयन कक्ष निर्माणमा निम्न कुराहरु ख्याल गर्नु पर्ने हुन्छ:

मुख्य शयन कक्ष दक्षिण भागमा बनाउनु राम्रो हुन्छ ।
पलंग स्थापना सुत्नेको शीर दक्षिण तर्फ हुने गरी गर्नुपर्छ ।
शयन कक्ष वर्गाकार हुनु राम्रो मानिन्छ भने कक्ष अनियमित आकारको हुनुहुदैन ।
शयन कक्षमा पूजास्थल राख्नुहुदैन ।
पलंगको अगाडी पट्टि ऐना राख्नुहुदैन ।
शयन कक्षमा राम्रा तस्बिर, फूलहरु र चित्रहरु राख्नु उचित हुन्छ ।
वास्तु शास्त्र अनुसार शयन कक्षमा  एक्वैरियम हुनु राम्रो होइन ।

बाल बालिका कक्ष

वास्तु शास्त्र अनुसार बाल बालिको प्रगति र विकासको लागि उनीहरुको कोठा निम्न कुरा ध्यानमा राखी बनाइएको हुनु पर्छ

बालबालिका कक्ष पश्चिममा हुनु राम्रो मानिन्छ ।
पलंगको अगाडी नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुदैन ।
कोठाको बीच भाग सधै खाली हुनुपर्छ ।
धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुदैन ।
बच्चाको पलंगलाई दक्षिण-पूर्व भागमा राख्नु उचित हुन्छ ।
सुत्दा खेरि टाउको पूर्व कि दक्षिण फर्किएको हुनुपर्छ ।

रङ्ग:

रङ्गले हाम्रो सोच र बिचारमा ठूलो असर पार्छ। घरमा धीर र शान्त वातावरणको अनुभूति पनि उचित रङ्गको प्रयोगबाट पाउन सकिन्छ। वास्तु शास्त्रमा अनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न रङ्ग निम्न कुराहरु ध्यानमा राखी घर बनाउनु पर्छ :

-शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ ।

-बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ ।

-भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ ।

-बाथरूमका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरु लगाउन उचित हुन्छ ।

-घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन ।

दिशा सम्बन्धी ज्ञान
वास्तु शास्त्रमा दिशाले ठूलो भूमिका खेल्छ। कुन कक्ष कुन दिशा पट्टि बनाउन हुन्छ वा हुदैन भन्ने कुरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ । तलको तस्विरबाट तपाईले यो कुराको जानकारी एकै झलकमा पाउन सक्नुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*