अर्थमन्त्री पुनको दाबी-बजेटको स्वीकार्यता बढेको छ

जनपत्र
१७ जेष्ठ २०८१, बिहीबार ११:०९

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेका छन् ।

आज काठमाडौंमा नाफिजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले त्यसमा स्वीकार्यता बढेको उनले बताए ।

उनले बजेट आफूले संघीय संसदमा प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताए । ‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन,’ मन्त्री पुनले भने ।

करका दर हेरफेर गर्दा कसैलाई मर्कामा परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको मन्त्री पुनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*