सहकारी छानबिन समितिको कार्यादेशमा अझै भएन सहमति
काठमाण्डौ – सहकारीको रकम हिनामिना भएको विषयमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्देशमा सहमति जुटाउन दलहरु असफल भएका छन् । हिजो बसेको कार्यदलको बैठकमा सत्तापक्षले सङ्कटग्रस्त सहकारीमा छानबिन गर्ने गरी कार्देश बनाउन सकिने तर उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम किटेर जान नसकिने अडान कायम राखेको छ ।
कांग्रेसले भने गृहमन्त्री लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान दोहोर्याएको छ । कार्यदलको बैठक आज बिहान फेरि बस्दैछ । बिहान ११ प्रतिनिधिसभाको बैठक बस्नुअघि नै कार्यदलको बैठक बसेर सहमतिको लागि प्रयास गरिने नेताहरुको भनाइ छ ।






