रहेनन् ‘माइतीघर’का नायक सिपी लोहनी

जनपत्र
१७ बैशाख २०८१, सोमबार १६:०७

 निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का नायक सिपी लोहनीको सोमबार निधन भएको छ।

लोहनीको आज मध्यान्ह १.३० बजे मृत्यु भएको हो। विगत ६-७ वर्ष यता लोहनी पार्किन्सन तथा अल्जाइमर रोगबाट पीडित लोहनी केही दिन अगाडि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन्। उनको पार्थिक शरिरलाई आज ३.३० बजे आर्यघाट पुर्‍याइने बताइएको छ।

सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो। अभिनेतासँगै गायकसमेत रहेका सिपीको ‘माइतीघर’ सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए।

‘माइतीघर’ सन् १९६६ मा रिलिज भएको थियो। लोहनी झ्याउरे गीतका जानकार हुन्। उनी ८६ वर्षका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*